
पार्टीमा विवाद बढिरहेका बेला आज नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा भेटवार्ता भयो । अध्यक्ष ओली र नेता नेपाल पक्षबीच कुराकानी भएपछि ओलीले बालुवाटारमा वार्ताका लागि नेपाललाई एक्लै बोलाएका थिए । तर नेपालले भने बालुवाटारमा वार्ता नगर्ने र एक्लाएक्लै पनि नबस्ने बताएपछि पार्टी कार्यालयमा वार्ता भएको थियो ।
छलफलका लागि ओली पक्षबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता तथा मन्त्रीहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त लगायत सहभागी थिए।
छलफलमा भने एमालेका दोस्रो बरियताका नेता झलनाथ खनाल भने उपस्थित भएनन् । खनालले आफूलाई नबोलाइएकोले नगएको बताएका छन् । ‘मलाई छलफलको लागि बोलाइएन, त्यसैले म नगएको ।’ नेता नेपालले छलफलको लागि आग्रह गरेपनि खनालले ओलीले नबोलाएको भन्दै धुम्बाराही जान इन्कार गरेका थिए । य२पी ओलीसँगको वार्ता अगाडि नेता नेपालले खनालसँग परामर्श भने गरेका थिए ।

