नेपाल समूहको भेलामा सहभागी हुन ओलीलाई निम्तो

एमाले नेता योगेश भट्टराईले अध्यक्ष केपी ओलीलाई राष्ट्रिय कार्यकर्ता भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन निम्तो दिएका छन् । नेपाल–खनाल समूहले ४ र ५ चैतमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ओलीलाई निम्तो दिएका हुन् ।

ओलीले यसअघि बालुवाटारमा आयोजित चियापानमा कार्यक्रममा भेलामा नजर लगाउने र भेला गर्ने तथा सहभागी हुनेहरूलाई कारवाही गर्ने बताएका थिए । जवाफमा भट्टराईले नजर लगाउन मात्रै होइन प्रमुख अतिथि बनेर सहभागी हुन ओलीलाई निम्तो दिएका हुन् ।



भट्टराईले ओलीले गर्ने कारबाहीका लागि आफूहरु तयार भएको पनि बताए।  ‘हामी एकपछि अर्को कारबाहीका लागि तयार छौं’, भट्टराईले ओलीलाई भने, ‘तपाईंले गर्ने प्रत्येक कारबाहीका लागि लामबद्ध छौं।’

सम्बन्धित समाचार