राष्ट्रपतिकै अगाडि ओली र प्रचण्डबीच नोकझोक, भने-‘यस्ता कुरा यहाँ नगर्नुस्’

राष्ट्रपति भवन शीतल निवासमा संसद विघटनका विषयमा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नोकझोक चलेको छ। प्रधानमन्त्री ओलीले संसारका सबै सरकार प्रमुखले संसद विघटन गर्न पाउने र सोही अनुसार आफूले प्रतिनिधि सभा विघटन गरेको बताएपछि प्रचण्डले त्यसको प्रतिवाद गरेका थिए।

ओलीको कुरालाई दुई मिनेटमै काटेका प्रचण्डको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘यस्ता कुरा यहाँ नगर्नुस्। हामी यस्ता कुरा सुन्न आएका होइनौं। राष्ट्रपतिज्यूले किन बोलाउनुभएको हो, त्यता लागौं।’ प्रचण्डले संसद् विघटन प्रतिगामी कदम भएको भन्दै नैतिकता भए राजीनामा दिन आग्रह गरेका थिए ।



ओलीले संविधानले दिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको जिकीर गरेका थिए। अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरिसकेको भन्दै उनले अब संसद चलाएर जानुपर्ने बताएका थिए।

सम्बन्धित समाचार