
लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छुद्र, अहंकारी र असहिष्णु भन्दै आलोचना गरेका छन्।
ओलीले एमालेका आफ्नै सहयोद्धा माधव नेपाल र झलनाथ खनाललाई कमाराको जस्तो व्यवहार गरेको भन्दै संग्रौलाले ओली जति अहंकारी, छुद्र र असहिष्णु प्रधानमन्त्री यसअघि देशमा कोही नभएको बताएका हुन्।
‘अहो! ओली सरले कमरेड माधव-झललाई गिज्याएको, होच्याएको र धम्काएको, मानौँ माधव-झल ओली सरका कमारा हुन्,’ संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा बुधबार बिहान लेखेका छन्, ‘यति छुद्र, अहंकारी र असहिष्णु प्रधानमन्त्री सायद यो देशमा कहिल्यै भएको थिएन। स्मरण रहोस् मान्यवर ओली सरलाई पालिस लाउँदै र मालिस गर्दै प्रम बनाउने पराक्रमी यिनै माधव-झल हुन्।’

