एक्लिदै ओली, पुराना वामपन्थी नेताहरु माधव पक्षमा खुले

पुराना वामपन्थी नेताहरु नेकपा एमालेको माधवकुमार नेपाल पक्षमा खुलेका छन्। बुधबार ललितपुरको सानेपामा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा पुराना नेताहरुलाई उच्च महत्वको साथ मञ्चमा स्थान दिइएको छ।

भेलामा राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला, गोविन्द ज्ञवाली लगायतका पुराना वामपन्थी नेताहरु मञ्चमै उपस्थित भएका छन्।



कार्यक्रमको उद्घोषण गरिरहेका गरेका सुरेन्द्र पाण्डेले अन्य पुराना नेताहरु पनि आउँदै गरेको जानकारी गराएका छन्। प्रदीप नेपाल उपचारका लागि नियमित ‘फ्लोअप’मा जानु परेकाले उपस्थित हुन नसकेको बताइएको छ।

सम्बन्धित समाचार