ओलीका ‘साइबर स्यालहरू’ अझै ज्युँदै रहेछन्, गलत सूचना सम्प्रेषण गरे: माधव नेपाल

नेकपा एमालेका नेता माधव नेपालले आफूहरूले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भयो भनेर ‘फेक’ सूचना जारीसमेत गरेकोमा आपत्ति जनाएका छन्। ‘योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए,’ ललितपुरमा भएको कार्यकर्ता भेलामा उनले भने, ‘४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए। म आफैँ पनि हेरेँ के पो आएछरु सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ।’

उनले अहिले पनि साइबर स्यालहरू ज्युँदै रहेको बताए। ‘साइबर स्यालहरू अझै पनि ज्युँदै रहेछन्। यो साइबर स्यालहरू अझै पनि बाँचिरहेका रहेछन्। नेकपा हुँदा थिए एमाले हुँदा हराए भनेको त अझै रहेछन्। साइबर स्यालदेखि होसियार, गलत सूचना सम्प्रेषण गर्नेछन्।’



उनले भ्रमपूर्ण समाचार तथा पोस्टमा नपर्न आग्रह गरे। पार्टी निर्माणसँग जोडिएको लडाइँमा आफूहरू रहेकोले यो पदको लडाइँ नभएको उनले बताए।

नेता नेपालले विचारशून्य व्यक्तिहरूको भीड जम्मा गरेर पार्टी नबन्ने भन्दै कम्युनिस्ट आन्दोलनलाई आफूहरूले उचाइमा पुर्‍याएको दाबी गरे । नेता नेपालले मदन भण्डारी फाउन्डेसको नामबाट ओलीले नै गुटको राजनीति शुरू गरेको आरोप पनि लगाए ।

सम्बन्धित समाचार