
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले फोन गरेर आफूसँग भेट गर्न आग्रह गरेको बताएका छन् । सिन्धुलीमा विहीबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रचण्डले भने, ‘अस्ति बिहान केपीजीको फोन आयो, एकपल्ट कुरा गर्नुप-यो कमरेड भनेर भन्नुभयो । मेरो मनका कुरा सबै तपाईंलाई भन्न चाहन्छु भन्नुभयो, तर मैले भेट्न मानिनँ ।’
उनले राष्ट्रपतिकहाँ भेट भएको उल्लेख गर्दै अब आफू केपीसँग नझुक्किने बताए । ‘मनका कुरा भन्ने हो भने खुमलटार आएरै भन्नुस् भन्नेवाला छु,’ प्रचण्डले भने, ‘अब झुक्किने समय सकियो ।’

