
नेकपा एमाले संसदीय दलको बैठक नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल सहित २७ सदस्य रहेको संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको बैठकले बोर्डका अध्यक्षमा प्रधानमन्त्री केपी ओलीसहित नेता नेपाल खनाल लगायतका सांसदहरु लाई समेटेको छ ।
बोर्डका सदस्यहरुमा उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, रघुवीर महासेठ, शेरबहादुर तामाङ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक,सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानियाँ र राजेन्द्र राई रहेका छन् ।
आजको बैठकमा प्रतिनिधिशभाका ९४ र राष्ट्रिय शभाका २४ जना सांसद उपस्थित रहेको सांसद सूर्य पाठकले जानकारी दिए । उनका अनुसार अब शनिबार बस्ने बैठकमा लगभग सबै सासदहरु उपस्थित हुने छन् ।
