
नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहले आयोजना गरेको भेला सकिएको छ। चैत ४ र ५ गते उक्त समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो। ओलीले गरेको निर्णयको विरोध गर्ने निर्णय गरेको छ।
विहीबार भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता ल्याएको निष्कर्ष निकालेको हो। एमाले अध्यक्ष ओलीबाट पार्टी विधानविपरीत भएका काम र गुटबन्दी र राष्ट्रियहितविरूद्ध अग्रसर हुन पनि सो समूहले कार्यकर्तालाई निर्देशन दिएको छ।
पत्रकार सम्मेलनमा नेता विष्णु रिजालले भेलाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विधानविपरीतका सबै निर्णय अस्वीकार गर्ने निष्कर्ष निकालेको जानकारी दिए। उनले विधान अनुसार अगाडि बढ्न सबै नेता र कार्यकर्तालाई अनुरोध गर्दै एमालेलाई गुट र सत्ताको धम्की नदिनसमेत भेलाले ओलीलाई आग्रह गरेको बताए।







