प्रधानमन्त्री ओलीलाई सर्वोत्कृष्ट गीतकार अवार्ड

प्रधानमन्त्री केपी ओलीले निम अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड पाएका छन् । प्रधानमन्त्रीले लेखेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि निम अवार्ड पाएका हुन् ।

अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाल लगायत बालुवाटार पुगेका थिए ।



प्रधानमन्त्रीको रचना, युवा संघका नेता रमेश पौडेलको संयोजनमा तयार भएको उक्त गीतमा मलिना राई र शान्तिराम राईको स्वर तथा संगीत छ ।

सम्बन्धित समाचार