
नेकपा एमालेको गुटगत भेला जारी छ। सोही क्रममा आज अखिल नेपाल किसान महासंघले पनि माधव नेपाल पक्षीय भेला आयोजना गरेको छ। हिजोमात्र राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गरेको नेपाल समूहले आजदेखि प्रादेशिक तथा वर्गीय संगठनको भेला आयोजना गरेको हो।
धोबीघाटस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजना हुने भेलालाई एमाले उपाध्यक्ष तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
पार्टी विभाजनको संघारमा पुगेको बेला एकता अभियान सञ्चालन गरिरहेका गौतमको उपस्थितमा हुने भनिएको भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

