महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

महान्यायाधिवक्ता अग्‍निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन्। कार्यकाल सम्हालेको तीन वर्षपछि उनले राजीनामा दिएका हुन्। महान्यायाधिवक्ता कार्यालय स्रोतले राजीनामाबारे आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनी महान्यायाधिवक्ता नियुक्त भएका थिए।



संसद् भंग गर्ने केपी ओलीको कदमको पक्षमा वहश गर्न नसकेको भनेर उनको चर्को आलोचना भएको थियो । साे मुद्याको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री  ओली उनीसँग असन्तुष्ट रहँदै आएका छन् ।

सम्बन्धित समाचार