
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेकाले मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थान र प्रदेश २ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना छ ।
यस्तै राति प्रदेश १ को पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
