ओलीलाई विस्थापन गर्न देउवाले सक्रियता नदेखाएको भन्दै पौडेलले बोलाए आफूपक्षीय नेताको भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताको बैठक डाकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्न सभापति शेरबहादुर देउवाले सक्रियता नदेखाएको भन्दै यसबारे दवाव दिने उद्देश्यले पौडेलले बैठक बोलाएका हुन् ।

वर्तमान राजनीतिक घटनाक्रमका साथै पार्टी महाधिवेशनका सन्दर्भमा समेत छलफल हुने बताइएको छ। कांग्रेस महाधिवेशन भदौ ७ देखि तोकिएपनि कार्यतालिका अनुसार कार्य भएको छैन।



दिउँसो २ बजे बस्ने गरी पौडेलले बैठक बोलाएका छन्। बैठक पौडेल निवास बोहोराटारमा बस्ने जानकारी गराइएको छ।

सम्बन्धित समाचार