
पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भष्मासुरले छल गरेर सबैलाई तर्साउन लागेको भन्दै नयाँ रणनीति चाहिएको बताएका छन् । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले सोमबार यस्तो बताएका हुन् ।
उनले मिथकहरूबाट प्रेरणामात्रै लिने भएकाले उही हुबहु दोहोर्याउन नहुने बताएका छन् । डा. भट्टराईले केही समययता प्रधानमन्त्री ओलीलाई भष्मासुरको संज्ञा समेत दिँदै आएका छन् ।
उनले लेखेका छन्-मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्याउने हैन ! भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले) वरदान फिर्ता लिनुसट्टा अर्काले (बिष्णुले) छल गरेर वध गरेका थिए भन्दैमा अहिले कलीयुगमा पनि त्यही दोहोर्याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो ! नयाँ रणनीति चाहियो !
