कांग्रेस पदाधिकारी बैठकअघि पौडेल पक्षका नेताहरु छुट्टै छलफलमा

कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छुट्टै आन्तरिक छलफलमा जुटेका छन्। पार्टी कार्यालय सानेपामा २ बजे पदाधिकारी बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा रहेको एक नेताले जानकारी दिए।

आइतबार पनि पौडेलसहित महामन्त्री शशांक कोइराला, डा। मिनेन्द्र रिजाललगायतका नेताहरुबीच पौडेल निवास बोहराटारमा छुट्टै छलफल भएको थियो। सो बैठकले महाधिवेशनको मिति कुनै हालतमा सार्नु नहुने र राजनीतिक गतिरोधको अन्त्य गर्न केपी ओली सरकार ढालेर नयाँ सरकार बनाउन कांग्रेसले निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको थियो।



पदाधिकारी बैठकमा १४औं महाधिवेशन र सरकारमा सहभागिताबारे छलफल गर्ने केसीले जानकारी दिए। ‘भोलिसम्ममा क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्नेछ,’ केसीले भने, ‘सत्ता समीकरणका विषयमा के गर्ने भन्ने निर्णय पनि हुन्छ।’

वरिष्ठ नेता पौडेल, कृष्ण सिटौला ओली सरकार ढालेर कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा छन्।

सम्बन्धित समाचार