
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न समय मागेको बताएका छन् । सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफूले त्रिभुवन विमानस्थलमा भेट हुँदा प्रधानमन्त्रीसँग भेटका लागि समय मागेको बताए ।
सोमबार बंगलादेश भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारीको विदाइका क्रममा विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी भएको र छलफलका लागि समय मागेको सापकोटाले जानकारी दिए ।
‘कानुनमन्त्रीमार्फत कुरा भइरहेको थियो । आज राष्ट्रपतिज्यूलाई विदाइ गर्ने क्रममा एयरपोर्टमा प्रधानमन्त्रीसँग कुरा भयो । समय मागेको छु, खबर आउला,’ सापकोटाले भने । ‘कानुनमन्त्रीमार्फत कुरा भइरहेको थियो । आज राष्ट्रपतिज्यूलाई विदाइ गर्ने क्रममा एयरपोर्टमा प्रधानमन्त्रीसँग कुरा भयो । समय मागेको छु, खबर आउला,’ सापकोटाले भने ।
पछिल्लो समय सरकारले ल्याएको अध्यादेश संसदमा टेबुल हुन नसकेको विषयमा प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै सभामुखको आलोचना गरेका थिए । सभामुख सापकोटाले भने संसद प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका छन् ।
सभामुख सापकोटाले सरकारले ल्याएका विधेयक र अध्यादेश अड्काउने आफ्नो मनसाय नभएको बताए । संसद अधिवेशन नरहेका बेला सरकारले ल्याएका विभिन्न सात वटा विधेयक प्रतिनिधिसभामा पेस हुन नसकिरहेका बेला सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
