नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा तत्कालीन पाल्पा जिल्ला संयोजक गीरबहादुर थापाको निधन भएको छ।
मधुमेहलगायत रोगबाट बिरामी पर्दै आएका थापाको मंगलबार बिहान ४ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो।
थापा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकतापछि जिल्ला सचिव थिए। स्वास्थ्यकै कारण उनी पछिल्लो समय राजनीतिमा सक्रिय हुन सकेका थिएनन्। थापाका श्रीमतीसहित दुई छोरी छन्। थापाको आज अन्त्येष्टि गरिँदै छ।
