ओली सरकारमै सहभागी हुने जसपाको तयारी, बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता जारी

प्रधानमन्त्री केपी ओली र जसपाका शीर्ष नेताहरूबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु मंगलबार बिहान बालुवाटार पुगेका हुन् ।

भेटमा उनीहरूबीच सत्ता सहकार्यका विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ठाकुरसहित कार्यदलका सदस्यद्वय सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सहभागी छन् ।



जसपाले राखेको माग पूरा गर्न प्रधानमन्त्री तयार भएपछि ओली सरकारमै सहभागी हुने तयारीमा जसपा रहेको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार