नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याएका हुन् ।
देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए । ‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’
कांग्रेस अहिलेको सरकारलाई स्विकारेरै अघि बढ्छ त? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले दोहोर्याए, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।’
