मुख्यमन्त्री राइले बोलाए संसदीय दलको बैठक, अविश्वासको प्रस्तावबारे छलफल हुने

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताईदिएपछि पहिलोपटक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बोलाएका छन् ।

मुख्यमन्त्री राईले आज बुधबार १२ः३० बजे प्रदेश संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वासको प्रस्ताव र पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने बताइएको छ ।



प्रदेश १ सभामा नेकपा एमालेका ५० सांसद छन् । तीमध्ये माधव नेपाल पक्षका १६ जना छन् । प्रमुख सचेतक बुद्धीकुमारराज भण्डारीले बैठकमा सहभागी हुन सबै सांसदहरूलाई खबर गरिएको जानकारी दिए । माधव नेपाल समूहका संसद राजेन्द्रकुमार राईले बैठकका बारेमा जानकारी आए पनि आफूहरू भने बैठकमा सहभागी नहुने बताए ।

सम्बन्धित समाचार