आज देशका यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

आज देशको पहाडी भेगमा आंशिक बदली भई देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाले विहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी क्षेत्रका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति भने सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।



भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ – पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

सम्बन्धित समाचार