कांग्रेसको कारण ओलीले प्रधानमन्त्रीमा निरन्तरता पाएको बाबुरामको आरोप

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन प्रतिपक्षी दलले ढिलाइ गरेको बताएका छन्। संसदमा भट्टराईको दल पनि प्रतिपक्षमा छ। भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित दलले ढिलाइ गर्दा ओली सरकारले निरन्तरता नै पाएको संकेत गरेका छन्।

प्रतिपक्षी दल सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने भूमिमामा चुक्न नहुने उनको भनाइ छ। सत्तामा अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र छन्। नेकपा भइसकेका यी दल सर्वोच्चको फैसलापछि पुनस् अस्तित्वमा आएका थिए। प्रतिपक्षी दल सत्तापक्षलाई खबरदारी गर्दै कुनै पनि बेला नयाँ निर्वाचन वा सरकार दिन तयार हुनुपर्नेमा त्यसो नभएकोमा भट्टराईले असन्तुष्टि जनाएका छन्।



‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनै पनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो,’ विहीबार भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनस्नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है !’

सम्बन्धित समाचार