प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, भयो यस्तो सहमति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाको पुनरावलोकन गर्न जाने तयारीमा जुटेका छन्। संविधानविद् र कानूनविद्हरुसँग लामो परामर्श गरेपछि उनीहरू तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामसम्बन्धी विषयलाई लिएर अदालत जाने तयारीमा जुटेका हुन्।

सर्वोच्चले गत फागुन २३ गते ऋषिराम कट्टेललाई नेकपाको वैधानिकता दिएको थियो। त्योसँगै सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँउताउने फैसला पनि सुनाएको थियो। उक्त फैसलामा असन्तुष्टि जनाउँदै प्रचण्ड र माधव नेपाल पक्ष फैसला पुनरावलोकनका लागि अदालत जाने निष्कर्षमा पुगेका हुन्।



विहीबार दिउँसो प्रचण्ड र माधव पक्षका नेताहरूले कोटेश्वरका एक व्यापारीको घरमा पुनरावलोकनमा जाने वा नजाने भन्ने विषयमा छलफल गरेका थिए। विहीबार बेलुका फेरी प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, मुक्ति प्रधानसहितले कानूनी क्षेत्रका व्यक्तिसँग परामर्श गरेका थिए। कानून क्षेत्रका विज्ञहरूले पुनरावलोकनमा जान सुझाएपछि प्रचण्ड-माधव पक्ष फेरि अदालत जान सहमत भएका हुन् ।

सम्बन्धित समाचार