काठमाडौंबासीको धारा-धारामा पठाइयो मेलम्चीको पानी

मेलम्चीको पानी काठमाडौंबासीको धारा-धारामा पठाइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रमुख मिलन शाक्यले आइतबार दिउँसो पानीको चाबी खोलेर उपभोक्ताको धारामा मेलम्चीको पानी पठाएका हुन्।

अहिले मेलम्चीको पानी छोडिसकेको र अबको आधा घन्टापछि चावहिललगायत अन्य ठाउँका ग्राहकको धारामा पुग्ने शाक्यले बताएका छ्न्।



मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। आजबाट पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिने बताइएको छ।

सम्बन्धित समाचार