फागु खेल्ने क्रममा ‘ग्याङ फाइट’, दुई जनाको ज्यान गयो

फागु खेल्ने क्रममा भएको विवाद बढ्दै गएपछि भएको झगडामा बाग्लुङमा दुई युवकको ज्यान गएको छ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा हिजो फागु खेल्ने क्रममा दुई समूहबीच झगडा भएको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।

घटनामा बाग्लुङको निसीखोला गाउँपालिका-७ का प्रकाश कुँवर र दीपक दमाईको ज्यान गएको पुष्टि भएको उनले बताए। सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले भने-‘बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा फागुमा भेला भएर रमाइलो गर्ने चलन रहेछ । त्यहीअनुसार हिजो त्यहाँ मानिसहरु भेला भएका रहेछन् । तर रमाइलो गर्दै गर्दा झगडा भएपछि ग्याङ फाइट भएको र त्यसमा दुई जनाको ज्यान गएको पुष्टि भएको छ ।’



उनका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । घटनामा केही सम्पर्कविहीन भएका आशङ्का गरिएकाले खोजी भइरहेको उनले बताए । घटनाबारे थप जानकारी आइसकेको छैन । अनुसन्धान भइरहेको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए ।

सम्बन्धित समाचार