पत्रकार महासंघको चुनावलाई लिएर गोकुल बाँस्कोटाको यस्तो व्यंग्य

नेकपा एमालेभित्र ओली र नेपाल समूहबीच व्यापक विवाद भइरहेका बेला ओली समूहका नेता गोकुल बाँस्कोटाले हाल जारी नेपाल पत्रकार महासंघको चुनाव सम्बन्धमा नेपाल पक्षका नेता योगेश भट्टराई र विष्णु रिजाललाई व्यंग्य गरेका छन्।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिने पूर्वसञ्चारमन्त्री बाँस्कोटाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत पत्रकार महासंघको चुनावमा नेपालनिकट पत्रकार संगठन प्रेस चौतारीले चुनावमा गरेको तालमेलबारे कटाक्ष गरेका हुन्।



‘पार्टीमा एकताको माग गर्ने साथीहरूले पत्रकार महासंघको चुनाउमा चौतारीका नाममा अरूसँग गरेको सहकार्य कसरी मिलाउनु हुने हो सोध्न र व्यवहार हेर्न मन लाग्यो,’ एमाले नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन्, ‘योगेश भट्टराई र विष्णु रिजाल के सोच्दै छन्, होला जिज्ञासा नि !’

सम्बन्धित समाचार