ओलीले पार्टीबाट निलम्बन गरेपछि माधव नेपालले भेटे प्रचण्डलाई, के भयो कुराकानी ?

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीबाट निलम्बन गरेपछि नेता माधव नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रचण्ड र नेपालबीच नयाँ पार्टी गठनबारे छलफल भएको स्रोतको दाबी छ । ओलीले कारबाही गरेपछि नेता नेपाल दलबलसहित एमालेबाट बाहिरिने तयारीमा छन् ।

प्रचण्डसँग नयाँ पार्टी खोल्ने र माओवादी र नेपाल पक्ष शोही नयाँ पार्टीमा सामेल हुनेबारे छलफल चलेको बताइन्छ । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा छ । त्यसविषयमा पनि नेपाल र प्रचण्डबीच छलफल भएको बताइन्छ ।



केपी ओलीले नेताद्वय नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । निलम्बन सच्चिने अन्तिम अवसर भएको भन्दै उनले नेताद्वयले अहिलेको गतिविधि कायम राखे थप कडा कारबाही गर्ने चेतावनी दिएका थिए ।

 

सम्बन्धित समाचार