सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आज स्पष्टीकरण बुझाउँदै

नेकपा एमालेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आज स्पष्टीकरण बुझाउने भएका छन् । पाण्डे निकट स्रोतका अनुसार ओलीले सोमबार दोस्रोपटक सोधेको भनिएको स्पष्टीकरणका बारेमा कुनै जानकारी छैन ।

अध्यक्ष ओलीले यसअघि सोधेको स्पष्टीकरणकै जवाफ दिन लागिएको हो । ओली चार नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका थिए ।



नेपाल र रावललाई स्पष्टीकरणपछि ६ महिना निलम्बन गरिसकेका छन् भने दुई नेताले आज स्पष्टीकरण बुझाउन लागेको छन् ।

सम्बन्धित समाचार