ओलीले बहुमत जुटाएको दिन माओवादीले समर्थन छाड्छ: वर्षमान

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन पार्टीले सरकारको समर्थन छाड्ने बताएका छन् । विपक्षी दलले विकल्प दिएपनि आफूहरु सरकारमा बसि नरहने उनको भनाइ छ ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले हतारमा समर्थन छोडेर देशलाई राजनीतिक अस्थिरता तर्फ आफूहरुले लान नचाहेको बताए ।



उनले भने, ‘हामी राजनीतिक स्थायित्व चाहान्छौँ । कि ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौँ । हामी अस्थिरता चाहँदैनौँ स्थिर होस् । तपाई सरकारलाई बहुमत जुटाउनुस् । अरु विपक्षी दलले बहुमत जुटायो भने हामी त्यस दिन छोड्छौँ । हतारमा हामी छोडेर विकल्प पनि दिन नसक्ने भइराखेको सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा हामी लिन चाहँदैनौँ ।’

सम्बन्धित समाचार