सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने माओवादीको तयारी, स्थायी कमिटी बैठक बोलायो

नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । आज बिहान स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित हुने बुझिएको छ ।

श्रेष्ठले भने ,’समर्थन फिर्ता विषयले नैतिक दबाब बढाएको छ । स्थायी कमिटी बैठकमा समर्थन फिर्ताबारे छलफल हुन्छ । अहिले यत्ति भनौं ।’



फागुन २३ मा सर्वोच्च अदालतले गरेका नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँगको छलफल पछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको बुझिएको छ ।

विपक्षी दल कांग्रेस र जसपा नेताहरूसँगको छलफलपछि स्थायी कमिटी बैठक बोलाइएकाले आज नै समर्थन फिर्ता लिने सम्भावना देखिएको छ ।

सम्बन्धित समाचार