काठमाडौंमा आज पनि पानी पर्ने सम्भावना

काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा विहीबार साँझ पनि पानी पर्ने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ काठमाडौंमा ९.८ मिलिमिटर वर्षा भएको छ। गत मंसिरयता काठमाडौंमा यति धेरै पानी परेको यो पहिलो पटक हो।

पानी परेसँगै काठमाडौं उपत्यका र आसपासमा केही दिनदेखि बढेको वायु प्रदुषण केही घटेको छ। ुआज दिउँसो हिजोभन्दा बढी घाम लाग्छ। साँझतिर हिजोजस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना छ,’ महाशाखाकी मौसमविद् मन्जु भासीले भनिन्।



उनका अनुसार बुधबार परेको पानी भारतको उत्तर प्रदेशदेखि असमसम्म बनेको न्यूनचापीय रेखाका कारण परेको हो। ‘हामीले आकलन गरेको भन्दा धेरै पानी पर्‍यो,’ उनले भनिन्,‘तर देशका पश्चिमी भू-भागमा अझै पनि पानी परेको छैन।’

पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदुषण केही कम भएको छ। विहीबार बिहानदेखि काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) २ सयभन्दामूनि झरेको छ। उता सुदूरपश्चिमको धनगढीमा भने वायु प्रदुषण घातक तहमा पुगेको छ।

 

सम्बन्धित समाचार