नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै, एमाले फुटाउने तयारी !

नेकपा एमाले खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक काठमाडौंको कलंकीस्थित मेगा बैंक्वेटमा बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकले थप रणनीति तय गर्ने बताइएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको उपस्थितिबिना नै विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ । साथै आजको बैठकमा पार्टी फुटाएरै आगाडि बढ्ने या समानान्त कमिटीमात्र भन्नेमा पनि निर्णय लिने तयारी भएको स्रोतको दाबी छ ।



खनाल नेपाल समूहले अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा भ्रातृ संगठनहरुमा समानान्तर कमिटी बनाइ सकेको छ । बिहीबार मात्रै खनाल नेपाल समूहले समानान्तर कास्की जिल्ला कमिटी गठन गरेको थियो ।

सम्बन्धित समाचार