खनाल-नेपाल पक्षीय स्थायी समिति बैठकले गर्यो यस्तो निर्णय

झलनाथ-माधव पक्षीय स्थायी समिति बैठकले माधव नेपाल लगायतका नेताहरूमाथि कारबाही गर्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निर्णयको भर्त्सना गरेको छ । शुक्रबार बसेको स्थायी समिति बैठकले ओलीको कदमको भर्त्सना गरेको हो ।

केही दिनअघि अध्यक्ष ओलीले नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गर्ने निर्णय गरेका थिए ।



कलंकीस्थित मेगा ब्ल्याङ्केटमा चलिरहेको बैठकबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता भीम रावलले एमालेको नवौं महाधिवेशनले तय गरेको विधानविपरीत एकलौटी रुपमा महाधिवेशन आयोजक समिति गठन गरेर अवैध अध्यक्ष बनिसकेका ओलीले कारवाही गर्नुको अर्थ नरहेको बताए ।

बैठकले गत चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्तामाझ लैजाने, संगठन विस्तार र सुदृढीकरण अभियानलाई अगाडि बढाउने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार शनिबार बैठक बसेर अभियानबारे विस्तृत जानकारी र कार्यक्रम घोषणा गर्ने निर्णय बैठकले गरेको छ ।

सम्बन्धित समाचार