डल्लु पुगेर झलनाथलाई भेटिन् राष्ट्रपतिले, के भयो कुराकानी ?

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्। राष्ट्रपति भण्डारीले खनाललाई भेट्न उनकै निवास डल्लुमा पुगेकी थिइन् ।

उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको स्रोतले जानकारी दियो । पछिल्लो समय देशभर विस्तार भएका समानान्तर कमिटीका बारेमा पनि राष्ट्रपतिले जिज्ञासा राखेको बताइन्छ । एमालेमा एकता कायम गर्न पहल गर्न पनि खनाललाई राष्ट्रपतिले आग्रह गरेको स्रोतको दाबी छ ।



पछिल्लो समय एमालेभित्रै विवाद भइरहेको बेला राष्ट्रपतिले खनाललाई भेट्नु अर्थपूर्ण रहेको बुझिएको छ ।

सम्बन्धित समाचार