प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पक्षमा मतदान गर्नुहुन्छ कि विपक्षमा ?

नेकपा (एमाले)का नेता भीम रावलले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले राष्ट्रहीत अनुकुल निर्णय गर्ने बताएका छन्। आज बसेको स्थायी कमिटीको बैठकपछि उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय माओवादीको हो। संसदमा अविश्वासको प्रस्ताव आए राष्ट्रहीत अनुकुल निर्णय गर्छौँ।’ दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियानको चरणबद्ध कार्ययोजना बनेको भन्दै उनले पास हुने क्रममा रहेको जानकारी दिए ।



नेकपा एमालेको माधव नेपाल समूहले दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। सो समूहको आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो। पार्टी सुदृढीकरण अभियानको लागि केन्द्रका नेताहरु खटाएर देशभर विचार गोष्ठी आयोजना गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार