लमजुङको बिचौरबाट बारपाक भ्रमण गएका शिक्षकहरु चढेको जीप दुर्घटना, २ जनाको मृत्यु

गोरखाको बारपाकमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । लमजुङको बिचौरबाट बारपाक भ्रमण गरेर फर्केका बागेश्वरी मावि, विचौरका शिक्षकहरु चढेको जीप शनिबार साँझ पौने साते बजे दुर्घटना हुँदा बिचौरका दुईजनाको मृत्यु भएको उद्धारमा खटिरहेका स्थानीय टेकबहादुर गुरुङले जानकारी दिए ।

दुर्घटना करिव बेलुकी ७ बजे भएको हो । मृत्यु हुनेमा रामेश्वर न्यौपाने र ठाकुर दवाडी रहेका छन् । घाइतेहरुमा अनिल मरहट्टा, विष्णु दवाडी, अमृत दवाडी, सुशिल बराल, विष्णु न्यौपाने, सन्तोष तामाङ (चालक) र अमृत दवाडी (सह-चालक) रहेका छन् ।



जीप राङरुङको भीरबाट करिब ६० मिटर तल दरौँदी खोलामा खसेको थियो । जीपमा ९ जना यात्रु सवार रहेको जनाएको छ ।

सम्बन्धित समाचार