खनाल-नेपाल समूहले बनायो काठमाडौंमा समानान्तर कमिटी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ। आइतबार बुद्धनगरस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रमबाट बसन्त मानन्धरको नेतृत्वमा उक्त समूहले जिल्ला कमिटी घोषणा गरेको हो।

मानन्धर बागमती प्रदेश सभाका सांसद हुन्। आजको कार्यक्रममा नेताद्वय खनाल र नेपाल पनि उपस्थित थिए। एमालेको काठमाडौं जिल्ला अध्यक्षमा केपी शर्मा ओली समूहका कृष्ण राई छन्।



पछिल्लो समय समय ओलीले नेता नेपाल र अन्य नेताहरूलाई पार्टीबाट निलम्बन गरेपछि खनाल-नेपाल समूहले समानान्तर कमिटी बनाउन सुरू गरेको हो। यसअघि उक्त समूहले विभिन्न जिल्ला र भातृ संगठनहरूमा समानान्तर कमिटी गठन गरिसकेको छ।

सम्बन्धित समाचार