माधव नेपाल समूहको पर्सामा समानान्तर कमिटी घोषणा

नेकपा एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पर्सामा समानान्तर कमिटी गठन गरेको छ। शनिबार आयोजित कार्यकर्ता भेलाले बालगोपाल थापाको अध्यक्षमा जिल्ला कमिटीको घोषणा गरेको हो।

अध्यक्षसहितको कमिटीलाई नेता माधव नेपालले शपथग्रहण तथा प्रशिक्षण गरेका छन्। यस्तै, कार्यक्रममा नेताहरू घनश्याम भुसाल, नागेन्द्र चौधरी, रामचन्द्र साह, दिनेश राई, पुरुषोत्तम पौडेलको समेत उपस्थिति थियो।



केपी ओली पक्षले कारबाही गरेयता यस समूहले देशव्यापी रूपमा समानान्तर कमिटी बनाउँदै आएको छ।

सम्बन्धित समाचार