एमालेको संसदीय समिति पुर्नगठन, सुरेन्द्र पाण्डेलाई हटाइयो

नेकपा एमालेले संसदीय समितिहरुको पुर्नगठन गरेको छ । एमालेले गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले एमालेको संसदमा भएको प्रतिनिधित्वको अनुपातमा रहेका समितिमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरेको छ । संसदीय सुनुवाईबाट सरकारलाई असहयोग भएको गुनासो गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफू निकट सांसदलाई समितिमा पठाएका छन् ।

कार्यव्यवस्था परामर्श समितिमा खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, विशाल भट्टराई र शान्ता चौधरी छन् । त्यस्तै संसदीय सुनुवाई समितिमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राई रहेका छन् ।



संसदीय सुनुवाई समितिबाट सुरेन्द्र पाण्डेको नाम हटाइएको छ । प्रधानमन्त्री अ‍ोलीले ६ महिनाका लागि निलम्बन गरेपछि उनलाई समितिबाट हटाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । राज्य व्यवस्था तथा सुशासन समितिमा तीन जनाको नाम थपेर पठाइएको छ । जसमा खेम लोहनी, महेश बस्नेत र दामोदर भण्डारी रहेका छन् ।

यस्तै सार्वजनिक लेखा समितिमा गोकुल बाँस्कोटा र राजेन्द्र गौतम रहेका छन् । महिला तथा सामाजिक समितिमा जानकी देवी राम रहेकी छन् । राम केही दिनअगाडि एमालेको समानुपातिक कोटाबाट सांसद भएकी थिइन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा घनश्याम भुसाल र योगेश भट्टराई र अर्थ समितिमा मोतिलाल दुगडलाई राखिएको छ ।

सम्बन्धित समाचार