नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन पुगेका छन्। जनताको गुनासो सुन्नको लागि प्रचण्ड गृहजिल्ला पुगेका हुन्।
प्रचण्डका स्वकीय सचिव तथा छोरी गंगा दाहालले आफ्नो गृह जिल्ला चितवनमा जनतासँग भेटघाट एवम् गुनासो सुन्नको लागि प्रचण्ड गाउँगाउँ पुगेको बताएकी छन्। प्रचण्डले आफ्नो गृहजिल्लामा पुगेर जनताको समस्याको बारेमा समेत जानकारी लिएका छन्।
स्थानियले प्रचण्डसँग आफ्नो गाउाठाउँमा भएका समस्याका बारेमा जानकारी गराएका थिए । प्रचण्डले पनि समस्या समाधानको लागि पहल गर्ने आश्वासन दिएका थिए ।

