नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनमा माधव नेपाल समूहको पनि सहयोग रहने बताएका छन् । आइतबार गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘संविधान र लोकतन्त्र विरोधी केपी ओलीविरुद्ध नेपाली कांग्रेस, नेकपा हामी सबै माधव नेपालसहित, जनता समाजवादी पार्टी पनि संविधान र राष्ट्र र जनताको पक्षमा छौँ। हामी सबै नयाँ सरकारको पक्षमा छौं ।’

उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल भइरहेको उनले बताए। उनले कसको नेतृत्वमा गठन गर्ने भन्ने विषय आपसी सहमतिबाट टुंग्याउने बताए । उनीहरु मिलेर सरकार बनाउन सही हुन्छ भन्ने कुरा पक्कै भएको उनले बताए ।



प्रचण्डले भने, ‘नेतृत्व कसको भन्ने कुरा सल्लाह हुँदै छ। सहमतिले जसको नेतृत्व हुन्छ त्यही मान्छौँ।’ तर अध्यक्ष प्रचण्डले आफूहरुले सरकारको नेतृत्व दावी नगरेको बताए । यस्तै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताए ।

सम्बन्धित समाचार