एमसीसी पास गर्न ढिलो भयो भन्दै सभामुखविरुद्ध खनिए यी सांसद्

एमाले नेता खगराज अधिकारीले एमसीसी सम्झौतालाई संसद्मा बहस तथा छलफलका लागि पेस गर्न माग गरेका छन् । लामो समयदेखि एमसीसीलाई अड्काउने काम भइरहेको बताउँदै उनले यसलाई संसद्को बिजनेस बनाउन माग गरेका हुन् ।

अधिकारीले कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरिएको एमसीसी सभामुखकोमा थन्किएर बसेको आरोप लगाए । उनले अरु विषय कार्यव्यवस्थामा छलफल भए पनि एमसीसीबारे छलफल नभएकोमा असन्तुष्टि व्यक्त गरे ।



उनले भने, ‘सत्ता बाहिर हुँदा एमसीसीलाई राष्ट्रिय हितको विषय बनाइन्छ । सत्तामा हुँदा यसलाई जुवाको खालमा राखेझैँ गरिन्छ ।’

सम्बन्धित समाचार