मन्त्रिपरिषद् बैठक बस्दै, सीसीएमसीको प्रस्तावबारे छलफल हुँदै

मन्त्रिपरिषद्को बैठक आज साँझ ६ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले जानकारी दिए ।

केही दिन यता कोेभिड १९ सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीले सो विषयमा छलफल गरिरहेको छ । गत शनिबार बसेको सीसीएमसी बैठकले केही निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गरिसकेको छ ।



सो विषयमा केन्द्रित भएर आज छलफल हुने बताइएको छ । बैठकमा मन्त्रालयगत अन्य नियमित एजेण्डाबारे पनि छलफल हुने बालुवाटार स्रोतको भनाइ छ ।

सम्बन्धित समाचार