नयाँ वर्षकै दिन स्वर्गद्वारी जाँदै गरेको गाडी दुर्घटना, पाँच जनाको निधन

नेपाली नयाँ वर्षकै दिन प्युठानको स्वर्गद्वारी जाँदै गरेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कालिगण्डकी गाउँपालिका स्याङ्जाका श्याम न्यौपाने, कार्यालयका खरिदार धुर्कोट गाउँपालिका ७ गुल्मीका ईश्वरी भण्डारी, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका वडा नं ७ का सूर्य पन्थी र गाडी चालक मुसिकोट ३ का केशव कार्की तथा धुर्कोटकै यमलाल पन्थी रहेका छन्।



दुर्घटनाका अन्य घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको गैरेले बताए। नयाँ वर्षको बिदा मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका १२ जना कर्मचारी प्युठानको स्वर्गद्वारी जाँदै गर्दा उक्त गाडी प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको थियो।

सम्बन्धित समाचार