नवकान्तिपुर संवाददाता
काठमाडौं, २ वैशाख ।

गएराती करिब एक बजे रसुवाको पासाङल्यामु सडकको स्याउबारीमा टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा कालिका गाँउपालिका-१ का ग्राङ आधारभुत प्राथमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र तामाङ तथा २९ वर्षीय उनका भाई सागर तामाङको मृत्युभएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेले बताए ।
ग्राङबाट कालिकास्थानतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख १६८८ नम्बरको खाली टिपर आफैं अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खस्न जाँदा दुर्घटना भएको बताइएको छ ।
यसैगरि टिपरमा अन्य एक जना पनि सवार रहेकोमा उनको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
