प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, प्रचण्डलाई आफैंले फोन गरेर निम्तो

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । शनिवार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफैँले फोन गरेर सर्वदलीय बैठकको निम्तो दिएका छन् । ‘प्रधानमन्त्रीज्यूले प्रचण्डलाई फोन गरेर भोलिको सर्वदलीय बैठकमा उपस्थितिका लागि निम्तो दिनुभएको छ,’ थापाले भने ।



यसअघि ललितपुरको एक कार्यक्रममा प्रचण्डले आफूलाई ओलीले फोन गरेको जानकारी गराएका थिए । प्रतिनिधि सभा पुनःस्थापना पछि प्रधानमन्त्री ओलीले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक बसेको थियो ।

सम्बन्धित समाचार