नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ वैशाख ।

पछिल्लो २४ घण्टामा ९ सय जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ । यस्तै शुक्रबार २ सय ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ। हाल देशभर ५ हजार ८ जना सक्रिय संक्रमित रहेका छन्।
आज मोरङमा २० जना, धनुषामा १० जना, पर्सामा ३० जना, काठमाडौँमा २८६ जना, चितवनमा २२ जना, भक्तपुरमा १९ जना, ललितपुरमा ४३ जना, कास्कीमा ४६ जना, दाङमा २१ जना, बाँकेमा १३३ जना, रुपन्देहीमा ४३ जना र कैलालीमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँग काठमाडौं र बाँके कोरोनाको हट स्पट बनेको छ । बाँकेमा शुक्रबार मात्र १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
