बालुवाटारमा सर्वदलीय बैठक बस्दै, प्रचण्ड नजाने !

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार सर्वदलीय बैठक बोलाएका छन्। शनिबार बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा दलहरुको धारणा बुझ्न प्रधानमन्त्रीले बैठक डाकेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।



माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार प्रचण्डलाई फोन गरेका थिए । प्रचण्डले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारेका थिए ।

सम्बन्धित समाचार