प्रचण्ड-नेपालले छलफल गरेरै बहिस्कार गरे ओलीले बोलाएको सर्वदलीय बैठक

प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा जारी छ। बैठकमा ओलीसहित सत्तारूढ दलबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत सहभागी छन्‌।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड पनि ओलीको निम्तो स्वीकार्दै बालुवाटार पुगेका छन्‌।



जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, राप्रपाबाट प्रकाश चन्द्र लोहनी, जनमोर्चाबाट हीरालाल गिरी र नेमकिपाका प्रेम सुवाल पनि बैठकमा सहभागी छन्।

ओलीले बोलाएको बैठकमा उनी इतर समूहका माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी छैनन्। यस्तै, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बैठकबारे जानकारी नभएको भन्दै बालुवाटार गएका छैनन्‌। प्रचण्ड र नेपालले आज बिहान छलफलै गरेर ओलीले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्ने निर्णय गरेका थिए ।

​जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पनि बैठकमा उपस्थित भएनन्। ओलीले बोलाएको बैठकमा सरकारविरुद्ध मोर्चाबन्दी गरिरहेको नेताहरू सहभागी भएका छैनन्।

सम्बन्धित समाचार